यासेली योङहाङलाई सहयोगका लागि चुम्लुङकोे अपिल

काठमाण्डौ/ दिर्घ रोगी यासेली योङहाङलाई सहयोगका लागि किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले अपिल गरेको छ । पान्थर जिल्ला याङवरक गाउँपालिका–६, मा जन्मनु भएका भिमप्रसाद (यासेली) योङहाङ विगत १६ बर्षदेखि दिर्घ रोगी भई उपचारत हुदाँहुदै अहिले आएर संक्रमण भई मृगौला, फोक्सो, ब्रेन र मुटुमा गम्भीर समस्या देखिएकाले थप उपचार गर्न लाग्ने आर्थिक रकमको मात्रा ठुलो भएको र निजको आर्थिक स्थितिले भ्याउन नसक्ने अवस्था भएकोले उहाँको उपचारार्थ सहयोगको अपिल गर्नुपरेको किरात...

फोक्सो सुकेका ७ वर्षीय बालकलाई सहयोग अपील

पोखरा छोरेपाटनका ७ वर्षीय बालक आर्यन परियारलाई बचाइदिन परिवारजनले सबैसँग सहयोगको अपील गरेका छन्। आर्यनको फोक्सो सुकेको र फोक्सो प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएको आर्यनको परिवारले जनाएको छ। दुई वर्ष पहिला सामान्य ज्वरो आएपछि नजिकैको मेडिकलमा लगेर औषधि खुवाएकोमा रोगले च्याप्दै लगेर फोक्सो नै सुकाइदिएको आर्यनकी आमा शान्तिले बताइन्। स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै निमोनिया र ठेउला भएको भनेर औषधि खुवाएकोमा सोही औषधिको रियाक्सनका कारण उनको यो हालत भएको काठमाडौं आएपछि...

१८ वर्षकी रितु बस्नेत जो चटपटे बेचेर स्नातक पढ्दै छिन्

काठमाडौं / नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् । यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत ।भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् । सुन्दर र बान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन...

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीले रक्सी, चुरोट र सुर्ती नखाने प्रतिबद्धता

स्याङ्जा : जिल्लाका सरकारी कार्यालयका कर्मचारीले रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उनीहरूलाई सेवन गर्नेछैन भन्ने ५ प्रतिबद्धताको शपथ खुवाए । शपथमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पुतलीबजार नगरपालिका, स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पतालका प्रमुख तथा चिकित्सक, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । धूमपान र मध्यपान नगर्न सहभागीलाई शपथ खुवाउँदै प्रजिअ निरौलाले स्वास्थ्य तथा जनसंख्या...

मेरुदण्ड भाचिएका सुरेन्द्र बम्जनको उपचार सहयोगार्थको लागि बृहत सास्कृतिक कार्यक्रम हुने,

खोज  मिडिया / बिगत  २०६९ भदौ २७ गते सिन्धुली सदरमुकामबाट घर फर्किने क्रममा भीरबाट लडेर मेरुदण्ड भाच्चिएका  सुरेन्द्र बम्जनको शरीरको आधा भाग चल्दैन । हेर्दा हट्टा कट्टा जवान देखिने ३५ बर्षीय सुरेन्द्र बम्जन एक छोरा र छोरीको अबिभाबक हुन्। स्थाई घर सिन्धुली जिल्ला,घ्याङलेख गाउपालिका वडा नम्बर १ अमलेका सुरेन्द्र कुमार बम्जन हाल बौद्ध टुसालमा बस्दै आइरहेका छन्।शुरुका दिनमा उपचार गर्दागर्दै रिनको भार पर्दै गएका सुरेन्द्र पछि आर्थिक  सहयोगको लागि...

पाँचथरमा विद्यालय जाँदै गरेका १० वर्षीय बालक दियान राई बाढीले बगाँउदा बेपत्ता,

पाँचथर : पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका ४ का एक बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। मिक्लाजुङ ४ खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। बेपत्ता बालकको खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए। बेपत्ता बालक रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारमा अध्यन गर्दै रहेको  विद्यार्थी बताइएकाे छ । अबिरल वर्षातका कारण खोलामा बाढी आएपछि विद्यालय जाँदै गरेका दियाललाई खोलाले बगाएर बेपत्ता बनाएको...

सर्प वा बिच्छीले टोकेमा तत्काल यो झार खोजि लगाउनुहोस, २ मिनेटमै निको पार्नेछ,

एजेन्सी । अहिले बर्षा सुरु भएको छ । यो समय सर्पको बिगविगी उच्च छ । कहाँ कतिबेला सर्पले टोक्ने हो कुनै पत्तो छैन । बर्षेनी सर्पले टोकेर धेरै मानिसको ज्यान गइरहेको छ । हामीले केही कुरा जानिराखियो भने त्यो जीवनदान बन्नसक्छ । अरुलाई जानकारी दिएमापनि त्यो जीवन दान बराबर हुनेछ । आज हामी कुरा गर्दैछौ बहुगुण भएको बनस्पति पुदिनाको । पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् । यसले...

कोरियामा पिडित बिरामीको अनुरोध, सहयोग पाए उपाचार गराउने थिए,

बुसान कोरिया / सेवा नै धर्म हो आफुले सक्दो सहयोग गरि बिरामिलाई हस्पिटल सम्म लैजान सक्ने बाताबरण सिर्जना गरिदिनु हुन कोरियामा रहनु हुने सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनिहरु मा हार्दिक अनुरोध गर्दछौ बिरामी लाई अहिले थेगु नेपाली सेल्टर मा ल्याएर राखिएको छ, उहाँ धेरैनै पिडामा हुनुहुन्छ । उहाँको भनाई जस्ताको तस्तै मेरो परिचय कमल राना ,सल्यान जिल्ला कुमाख गाउपालिका वडा न. ४ मा बस्ने हाल दक्षिण कोरियाको ख्यासाङबुग्दो यङछनसी थेछाङम्यान...

विद्यालयमा परीक्षणको लागि लगाइएका स्याउ चार महीनामै फल्यो

बाजुरा, । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जातमध्ये गोल्डेन र गाला...

पाठेघर क्यान्सर भएकी ३९ वर्षिया श्रीमतीलाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर,

प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् ।‘गाउँमा सानो झुपडी र पाखो वारी मात्र छ, बिरामी भएयता त्यही जग्गा बेच्न खोजेको थिएँ, कसैले किन्न मान्दैनन,’ अम्मीका श्रीमान दिल बहादुर सुनारले दुख पोखे । श्रीमतीको उपचारका लागि काठमाडौँ आएको एक वर्ष हुन थाल्यो ।...