महासचिव पदका उम्मेद्वार भिम चेम्जोङ्गका यस्ता छन् प्रतिवद्दताहरु:

बुसान कोरिया । एन आर एन कोरियाको ७ औ अधिवेशनमा महासचिव पदमा उम्मेद्द्वारी दिएका भिम चेम्जोङगले आफ्ना प्रतिवाद्दताहरु सार्वजनिक गरेका छन् । लामो समय देखी कोरियामा सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले कोरियाबासी नेपालीहरुको हितमा काम गर्ने भन्दै साथ दिन अपिल गरेका छन् । एन आर एन कोरियाको ७ औ अधिवेशनका महासचिवका उम्मेदवार भिम चेम्जोङका यस्ता छन् प्रतिवाद्दताहरु: १, NRNA दक्षिण कोरीयालाई कोरीयाको कानून अनुसार दर्ता गर्न पहल गर्ने। २. नेपाल...

नेकपा ले देश जितेको दिन,

अंशुबर्मा लिम्बू लराङ धरान / हुन त संसार भरी सबैभन्दा लोकतान्त्रिक पद्धति निर्वाचन लाई मानिन्छ ,जहाँ धेरै प्रतिस्पर्धी हुन्छन् धेरै मत ल्याउने मध्ये एक जनाले जिति दिन्छ अरु सबै हारिदिन्छ तर त्यहा धेरै मत हारी दिन्छ थोरै मतले जितिदिन्छ ,जुन व्यवस्था ले प्रजातन्त्रको नाममा जनताको हक अधिकार मा ठिंग्रा ठोकिदिन्छ । अहिले नेपाल मा नेकपा ले दुई तिहाइ बहुमत ल्याउदा नेता र कार्यकर्ता लाई पुरै देश जितेको ,सारा जनता ले...

भित्तामा राजनीतिक दलका नारा लेख्न हुने, प्रधानमन्त्रीका फोटो टाँस्न करोडौं रुपैयाँ खर्च गर्न हुने ? चित्र कोर्न किन नहुने ?

अजवी पौड्याल वीर अस्पतालदेखि भोटाहिटीसम्मका भित्तामा गएको शनिबार चित्र कोरिएको थियो, ‘नालायक म’। खोज समूह दिनभर चित्र बनाएर साँझ घर फर्कियो। भोलिपल्ट जाँदा त्यहाँ चित्रको नामोनिशान थिएन। अर्थात्, चित्रमाथि ‘सरकार लागिसकेको’ थियो। भित्तामा चित्र होइन, सेताम्मे थियो। छेउकै ‘डेड सरकार’ शीर्षकको चित्रमा पनि सेतो रङ पोतिएको थियो। मात्रै हेर्नका लागि थिएन चित्र। चित्रमा सन्देशसहितको आह्वान थियो, ‘हरेक मान्छेले आफैंलाई मूल्यांकन गर्नुपर्छ।’ हरिया, राता, काला, पहेंला अनेक रङ छ्यापेर ‘नालायक म’...

प्रधानमन्त्री ओली फ्रान्सको केबलकारमा अड्किए

फ्रान्स / नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् ।युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न जाँदा केबलकारमा अड्केका हुन्। फ्रान्सेली स्थानीय पत्रिका ल दोफिनले उल्लेख गरे अनुसार २५०० मिटरको उचाइमा पुगेपछि केबलकार अड्केको थियो। प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ कीमिस...

तोक सेवामा जागिर, मुठीमा गुठी : मन्त्रीलाई खोला, युवालाई खाडी !

यो हप्ता देशमा के–के मात्र भएन ! पुल उद्घाटन गरेर फर्किएका मन्त्री गाडीमा चढी चढी पुल नभएको खोलामा डुबे । यता देशमा रेल ल्याउन लागेका मन्त्री खोलामा डुबेको खबर आउँदा उता रेलको सपना देखाउने प्रधानमन्त्री लण्डनबाट पानी मुनि चल्ने रेल चढेर पनि ओभानै लुगामा पेरिस पुगेको खबर आयो । लोक सेवा आयोग तोक सेवाको पुरानै बाटोमा फर्कियो । प्राचीन गुठी मुठीमा पार्ने काम यसै साता सुरु भयो । स्कुल...

नेपालको अवस्था फेर्नको लागि म राजनीतिमा आउँछु : महानायक राजेश हमाल

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गर्नुभएका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताउनु भएको छ । नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताउनु भएको हो । भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए । तपाईंको राजनीतिमा आउने सोच छैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मलाई राजनीतिमा चासो छ । राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु । तर, सक्रिय...

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध तिलकले हाले अमेरिकामा उजुरी, पक्राउ गर्न माग (पत्रसहित) ! को हुन् तिलक श्रेष्ठ?

काठमाडौं, ५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकामा छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका हुन् । पत्नी सीता दाहालको उपचारका लागि गएका बेला प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन्...

टीकापुर हत्याकाण्डः रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

कैलाली– टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।  जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु  हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय...

मन्त्री रवीन्द्र अधिकारी सहित टुँडिखेलमा सातैजनाको सामूहिक श्रद्धाञ्जली गरिन्ने

काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सामूहिक श्रद्धाञ्जलि कार्यक्रम टुँडिखेलमा हुने भएको छ । विहिबार गर्ने भनिएको श्रद्धान्जली कार्यक्रम पोस्टमार्टम गर्दा समय अपुग भएपछि गरिने भएको हो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनीहरुको शव काठमाडौंको टुँडिखेलमा राखिने भएको छ। मन्त्री अधिकारीसहित सातैजनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइसकेको छ । अन्तिम श्रद्धाञ्जलिपछि...

सिमसिमे पानीले पनि शुभ लक्षण नदेखाएको दिन : विकासको बाचा गरेरै विदा भए रवीन्द्र

बुधवार बिहान तेह्रथुमको आकाश बादलले ढाकेको थियो। जब पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितको टोली हेलिकोप्टरबाट आठराइ गाउँपालिकाको चुहानडाँडामा ओर्लियो, सिमसिम पानी पर्न थाल्यो। आठराइको वडा नम्बर ६ मा पर्ने थुम्की डाँडामा विमानस्थल बनाउने चर्चा चलेको धेरै भइसकेको थियो। हेलिप्याड बनिसकेको त्यही स्थानमा विमानस्थल बनाउन सके आफ्नो ठाउँले विकासको फड्को मार्ने सपना स्थानीयले देखेका थिए। प्रस्तावित विमानस्थल निर्माण क्षेत्र थुम्की डाँडामा भेला भएका करिब पाँच हजार मानिसहरु सिमसिम पानी परेपछि...