नेपाल घुम्न आएकी जापानी पर्यटकलाई खुकुरीले आक्रमण गरि लुटियो

काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई खुकुरी प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । ...

बाबा-आमाले तरकारी बेचेर पढाएको छोरा जिल्लाकै पहिलो पाइलट बने,

रोल्पा/ रोल्पा जिल्ला रोल्पा नगरपालिका–२ थलिवाङका शिव डाँगीे जिल्लाकै पहिलो पाइलट बनेका छन् । बाबू प्रेम बहादुर डाँगी र आमा शोभा डाँगको छोरा शिव सानैदेखि पढाईमा निकै अब्बल थिए । सानो उमेरदेखिनै कडा परिश्रम गरेर पढेका उनको लक्ष्य नै पाइलट बन्ने थियो । रोल्पा जिल्लामा जन्मिएका शिव घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि आमा र बाबूले खेती किसानी गरेर भएपनि छोराको इच्छा पुरा गरेका छन् । नेपाली सेनाको हवल्दार...

लिबियामा मारिएका सन्तोषको अन्तिम शब्द पढ्नुहोस्

युरोपेली मुलुक इटालीका लागि हिँडेका २७ वर्षीय सन्तोष श्रेष्ठ युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिए। ‘म अहिले लिबिया छु । अब ३ महिनापछि इटाली पुग्छु । त्यसपछि कल गर्छु है’ श्रेष्ठको परिवारको लागि उनको यो अन्तिम शब्द बन्न पुग्यो । लमजुङ बेँसिसहर नगरपालिका ११ का श्रेष्ठ मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका थिए । उनको रात्रि आक्रमणमा परी बुधबार मृत्यु भएको त्रिपोलस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) लाई उद्धृत गर्दै कारयोस्थित...

कुलमान घिसिङ भाषण गरेर रास्ट्रको नायक बनेका हैनन्, घामपानी-भोकनिद्रा नभनी खट्ने राष्ट्र सेवक हुन | समर्थन गर्नेले सेयर गरौं!

राजधानीलाई लोडसेडिङमुक्त बनाएर चर्चामा आएका पात्र हुन् कुलमान घिसिङ । आम सर्वसाधरण यतिबेला कुलमान घिसिङप्रति कृतज्ञ छन् । उनी नेपाल विद्युत प्राधिकरणमा गत भदौ अन्तिममा नियुक्त भएका थिए । प्राधिकरणको नेतृत्व सम्हालेको दुई महिनामै उनले जादुमय तरिकाले राजधानीलाई लोडसेडिङमुक्त बनाइदिएका छन् । लोडसेडिङ अन्त्यको नारा लगाएर विगतमा राजनीतिक दलका धेरै नेताले चुनाव जिते, कति सरकार बने, कति मन्त्रि बने । तर लोडसेडिङ अन्त्य गर्ने नारा नारामै सीमित भएको थियो...

अबदेखि एरपोर्टमा लागु भयो नयाँ नियम : लगेज हराए प्रतिकिलो ७ लाख ३५ हजार वायुसेवा कम्पनीले तिर्नुपर्ने !

काठमाडाैँ । विमानस्थलमा नागरिक उड्डयनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि आजदेखि लागु भएको छ ।संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको ‘मोन्ट्रियल कन्भेन्सन’ आजदेखि लागुभएको समचारमा उल्लेख गरिएको छ । सन् १९९९ मा पारित भएको महासन्धि नेपालमा कार्यान्वयन आएसँगै नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढेको छ । विगतमा वार्सा महासन्धिअनुसार नेपाली यात्रुका परिवारले २० हजार अमेरिकी डलर मात्र क्षतिपूर्ति पाउने गरेका थिए । अब...

रातारात चोरले चोरे ५६ टनको सिंगो पुल

काठमाडौं ।  घर वा पसलमा चोरीको घटना सुनिएकै हो तर चोरले सिंगो पुल नै चरेर लगे भन्ने घटना चाहि अनौठो लाग्ला । यस्तै घटना रूसको मुरमेन्स्कमा घटेको छ, जसको तस्वीर सोशल मीडियामा भइरल भएको छ । मीडिया रिपोर्ट्सका अनुसार, रेलवेको सो पुल कुनै सानो तिनो पुल थिएन त्यो निकै भारी पुल थियो । पुलको लम्बाइ २३ मीटर र ५६ टन वजनको थियो । सबैभन्दा पहिले १६ मेमा जब यस...

विश्वमै दुर्लभ नेपालमा मात्रै पाइने काँडेभ्याकुर

काठमाडौं / भाइबहिनी हो, आज म तिमीहरूलाई नेपालमा मात्रै पाइने काँडेभ्याकुर चराको बारेमा जानकारी दिँदैछु। विश्वमै दुर्लभ यो चरा नेपालको पनि धादिङलगायत केही सीमित ठाउँहरूमा मात्रै पाइन्छ। नेपाली नाम काँडेभ्याकुर भए पनि यसलाई अंग्रेजीमा स्पिनी ब्याब्लर भनिन्छ। पन्छीहरूको परिवारमध्ये लियोथ्रिचिडाइ परिवारमा पर्ने काँडेभ्याकुरको वैज्ञानिक नाम एक्यान्थोप्टिला नेपालेन्सिस हो। विश्वभर नेपालमा मात्रै यो पन्छाी पाइन्छ। नेपालको पहाडी जिल्ला धादिङका विभिन्न सामुदायिक वनहरू, ललितपुर जिल्लाको गोदावरी, फुल्चोकी, काठमाडौंको चन्द्रागिरिलगायतका क्षेत्रहरूमा यो चरा...

चीनको नयाँ चमत्कार ! १,३७० मिटर अग्लो पहाडमा बनायो ३ तल्लाको ३० कि.मी. लामो हाइवे !

काठमाडौँ । आविष्कारको रुपमा निकै अगाड रहेकाचीन बेला बेला नयाँ नयाँ कुराहरुको आविष्कारको कारण चर्चामा आइरहेको हुन्छ । चीनको ताईयुआन शहरमा तीन तल्लाको हाईवे बनाएर चर्चामा आएको छ । देख्दा अचम्म लाग्ने उक्त हाईवेलाई नयाँ हट स्पटमा निर्माण गरिएको छ । विश्वकै लागि नयाँ र अनौठो बनेको हाइवेमा आएका मानिसहरु सेल्फी खिच्नमा निकै व्यस्त रहेको देख्न सकिन्छ । जमिनबाट १,३७० मिटरको उचाइमा रहेको तियानलोंग पहाडमा बनेको छ । कुल लम्बाई३०...

पाथिभरा माताको दर्शन गर्न जाने यात्रुबाहक सवारीसाधनका चालक तथा सह–चालकलाई पोशाक वितरण (फोटोफिचर)

ताप्लेजुङ/पाथिभरा क्षेत्रमा चल्ने सवारी चालक तथा सह–चालकलाई अनिवार्य पोसाक लगाउने अभियानको सुरुवात अन्र्तगत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथिभरा रुट चल्ने सवारी साधनका चालक तथा सह–चालकलाई पोशाक वितरण गरेको छ । साथै गाडीमा भजन बजाउनको लागी भगन भएको पेनड्राईभ पनी आजै वितरण गरीने पाथिभरा क्षेत्र विकास सिमितीका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पाथिभरा जाने तिर्थ यात्रीहरुलाई थपसहज सवारी साधनमा चेतनामुलक सुचना भएको स्टीकर टास्ने र बाटोमा...

काठमाडौं उपत्यकामा नेपाली सेनाले सुरु गर्‍यो निःशुल्क बस सेवा, कहाँ कति बजे पाइन्छ बस ?

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ । नेपाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौंमा निशुल्क बस सेवा सुरु गरेको हो । औषधि उपचारका लागि आउने बिरामीहरुका लागि पाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीले निशुल्क बस सेवा सुरु गरेको हो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो । दुई रुटमा संचालनमा ल्याइएको निःशुल्क...