किन हुन्छ डिप्रेसन ? डिप्रेसन र उपचारबारे जान्नुहोस्

हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २/४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर जान्छ । तर, दिक्कदारीपनको अवस्थामा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा रुचि हुँदैन ।...

उडुसले हैरान पारेको छ ? यस्ता छन् उडुस भगाउने घरेलु विधि

उडुस बारेमा सोच्दा पनि कतिपयलाई रातभर निद्रा नै लाग्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि...

घास काटेर नर्स बनेकी सरिता चेपाङ

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलोपटक आफ्नो समुदाय बाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्। गत वर्ष नर्सिङ अध्ययन उत्तीर्ण गरेकी उनले नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्ससमेत लिइ सकेकी छन्।उनका एक दिदी, दुई बहिनी र एक भाइ छ...

संघर्षले खारिएकी बन्दना सावाँ लिम्बू : यसरी बनिन् सफल उद्यमी

धरान । मेहनत गर्ने हो भने एक दिन सफल हुन सकिन्छ भन्ने गतिलो उदाहारण हुन बन्दना सावाँ लिम्बू । तेह्रथुम जिल्लाको आङ्दिममा रनबहादुर लिम्बू र आमा सुनकान्छी लिम्बूको जेठी छोरीको रुपमा जन्मिएकी बन्दना अहिले ढाका कपडा उद्योग तथा ट्रेनिङ सेन्टर सञ्चालन गरेर सफल उद्यमी बनेकी छिन् । गाउँकै सरस्वती निम्न माध्यमिक विद्यालय आङ्दिममा औपचारिक शिक्षा सुरु गरेर तेह्रथुमको फाक्चामाराबाट एसएलसी गरेपछि उच्च शिक्षाका लागि उनी धनकुटा पुगिन् । धनकुटा...

दशैंका लागि मुस्ताङका च्याङग्रा ।

पोखराको हेमजामा दशैंको अवसर पारी बिक्रीका लागि ल्याइएका च्याङग्रा ।  मुस्ताङसहितका हिमाली जिल्लाबाट दशैंका लागि पोखरामा च्याङग्रा ल्याउने गरिन्छ । तस्वीरः वासुदेव पौडेल । रासस ...

कपुरकोट गाउँपालिकाको उदाहरणीय काम- महिनावारी भएका छात्रालाई विश्राम कक्ष

अचेल महिनावारी हुँदा पनि सल्यानमा छात्राहरू नियमित विद्यालय आउन थालेका छन्। विद्यालयमा छात्रा विश्राम कक्षको निर्माण भएपछि छात्राहरू नियमित विद्यालय आउन थालेका हुन्। जिल्लाको कपुरकोट गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै माध्यमिक विद्यालयहरूमा छात्रा विश्राम कक्ष बनाएको छ।  महिनावारी हुँदा छात्राहरू विद्यालयमा अनुपस्थित हुने समस्या समाधान गर्न गाउँपालिकाले विश्राम कोठाको व्यवस्थापन सबै विद्यालयमा गरेको अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए। उनले गाउँपालिकाभित्रका पाँच वटै माध्यामिक विद्यालयमा गाउँपालिकाले विश्राम कक्षको व्यवस्था गरेको बताए। विशेषगरी...

वियोगी काइँलाको अध्यक्षतामा याक्थुङ लेखक संघ दक्षिण कोरिया प्रवाश शाखा तदर्थ समिति गठन

बुसान कोरिया। कोरियामा रहेका याक्थुङ लेखकहरुको एक भेलाले याक्थुङ लेखक संघ दक्षिण कोरिया प्रवाश शाखा तदर्थ समिति गठन गरेको छ । कोरियाको किम्हे स्थित लुम्बिनी रेष्टुरैण्टमा गएको आईतबार,आयोजित उक्त भेलाले वियोगी काइँलाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा आत्मबिक्रम नेम्बाड़.,प्रदीप कन्दङवा, बिङ्कल चेम्जोङ,र उपाध्यक्षमा भीमराज चेम्जोङ, गनिन्द्र बिवश, नोगेन नेम्बाङ र केरुङ गणेश हाङसेम चयन भएका छन् । त्यस्तै महासचिवमा बाबु बलिन्द्र, सचिवमा...

१८ वर्षकी रितु बस्नेत जो चटपटे बेचेर स्नातक पढ्दै छिन्

काठमाडौं / नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् । यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत ।भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् । सुन्दर र बान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन...

बाबुबाजेले परम्परागत रूपमा बसोबास गर्दै आएका घुमाउने घरहरु लोप हुँदै

पर्वत । पर्वतमा परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् । गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना घरमा बसोबास गर्न छाडेका हुन् । घुमाउने घरभित्र अँध्यारो, धेरै कोठा नहुने र छानो छाउनका लागि वर्षैपिच्छे झन्झट हुनाले पनि स्थानीय बासिन्दाले घुमाउने घर छाड्दै गएका हुन् ।...

नेपाल घुम्न आएकी जापानी पर्यटकलाई खुकुरीले आक्रमण गरि लुटियो

काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई खुकुरी प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । ...