मनकारी वडा अध्यक्ष जसले दुई वर्षदेखि आफ्नो तलब जेष्ठ नागरिक र अपाङ्गलाई वितरण !

कञ्चनपुर : भीमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आसेफ कुवँरले दुई वर्षदेखि आफ्नो तलब भत्ताको रकम जेष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् । वडाअध्यक्ष कुवँरले घरमै पुगेर आफ्नो तलब भत्ताको रकम वितरण गर्दै आएका हुन् । नगरपालिका बाट प्राप्तहुने तलव भत्ताको रकम नलिने घोषणा गरेका कुवँरले जेष्ठ नागरिक र पूर्ण अपांगता भएकालाई वितरण गर्न थालेका हुन्। ‘पाँच वर्षे कार्यकालको तलब भत्ताको सबै रकम जेष्ठ नागरिक र...

सिभिल इन्जिनीयरिङमा डिप्लोमा गरेका ‘दाह्री भाइ’ : चिया बेचेरै मासिक ६० हजार कमाउछन !

काठमाडौँ – नयाँ पुस्ताका एक युवक मिठो वास्नादार चिया उमालिरहेका थिए । चिया वास्नादार नै थियो भन्ने प्रमाण वरिपरी छाइरहेको मगमग वास्ना नै काफी थियो । प्लास्टिकका साधारण कुर्ची र स्कुटरका पुराना टायरमा सेवाग्राहीहरू चियाको स्वाद लिइरहेका थिए । स्थान – राजधानीको शान्तिनगर । पसल वा होटल भनेर छुट्टै सटर/कोठा छैन । एउटा डिपार्टमेन्टल स्टोरको बाहिरी भाग साधारण छानाको मुनिपट्टि, ब्यानर र होर्डिङ बोर्डले बारबेर गरिएको छ । एउटा...

तामाङ समाज ख्यङसाङनाम्दो बुसान द. कोरियाद्वारा मृगौला रोगी मिना तामाङलाई सहयोग हस्तातरण

बुसान कोरिया / तामाङ समाज ख्यङसाङनाम्दो बुसानका संस्थापक तथा निबर्तमान अध्यक्ष बिश्वास ब्लोनको अगुवाईमा असार २९ गते आइतबार काठमाण्डौं कुलेश्वरमा छोटो कार्यक्रम गर्दै मृगौला पिडित बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । “आफु बाचौं अरु लाई पनि बचाऊँ” भन्ने उदेश्यको साथ तामाङ समाज ख्यङसाङनाम्दो बुसान दक्षिण कोरियाले गत जुन ९ मा मृगौला रोगी सहयोगार्थ नेपाली कथानक चलचित्र ” ए मेरो हजुर ३” प्रदर्शन गरिएको थियो। रोशी गाऊपालिका वडा न. ३...

मेरुदण्ड भाचिएका सुरेन्द्र बम्जनको उपचार सहयोगार्थको लागि बृहत सास्कृतिक कार्यक्रम हुने,

खोज  मिडिया / बिगत  २०६९ भदौ २७ गते सिन्धुली सदरमुकामबाट घर फर्किने क्रममा भीरबाट लडेर मेरुदण्ड भाच्चिएका  सुरेन्द्र बम्जनको शरीरको आधा भाग चल्दैन । हेर्दा हट्टा कट्टा जवान देखिने ३५ बर्षीय सुरेन्द्र बम्जन एक छोरा र छोरीको अबिभाबक हुन्। स्थाई घर सिन्धुली जिल्ला,घ्याङलेख गाउपालिका वडा नम्बर १ अमलेका सुरेन्द्र कुमार बम्जन हाल बौद्ध टुसालमा बस्दै आइरहेका छन्।शुरुका दिनमा उपचार गर्दागर्दै रिनको भार पर्दै गएका सुरेन्द्र पछि आर्थिक  सहयोगको लागि...

पाठेघर क्यान्सर भएकी ३९ वर्षिया श्रीमतीलाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर,

प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् ।‘गाउँमा सानो झुपडी र पाखो वारी मात्र छ, बिरामी भएयता त्यही जग्गा बेच्न खोजेको थिएँ, कसैले किन्न मान्दैनन,’ अम्मीका श्रीमान दिल बहादुर सुनारले दुख पोखे । श्रीमतीको उपचारका लागि काठमाडौँ आएको एक वर्ष हुन थाल्यो ।...

भारतीय तरकारी रोकिएपछि नेपालि किसान उत्साहित

एजेन्सी, धनगढी। उन्नत बीउ, मल, सिँचाइ र आधुनिक प्रविधिको अभावका बाबजुद परम्परागतरूपमा खेती गरिरहेका किसानलाई आफ्ना उत्पादनको बजार नपाउँदा लागत पनि नउठ्ने पीडा थियो। मिहिनेतअनुसारको आम्दानी नहुँदा कृषि पेसामा लागेकाहरूको मनोबल खस्कँदै गइरहेका बेला सरकारले भारतीय तरकारीमा रोक लगाएपछि भने परिदृश्य बदलिएको छ। उत्पादनको बजार नपाउने समस्या झेलिरहेका किसानहरूले बारीमै राम्रो मूल्यमा तरकारी बिक्री हुन थालेपछि भने हौसिएका छन्।हप्ता दिन देखि तरकारी बारीमै मूल्य बढेको बताउँदै धनगढी–५, जाईकी कमलादेवी...

छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा, तोलाको ६५ हजार पुग्यो, बिक्री घट्यो

काठमाडौं । नेपालको इतिहामै शुक्रबार छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । मूल्य बढेसंगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार ६३ हजार प्रतितोलामा कारोेबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार नयाँ रेकर्ड...

ढाकाले फेरिएको सोल्माकी सिर्जना तेयुङको जीवन

टीआर लिम्बु  तेह्रथुम : सामान्य परिवारमा जन्मिएकी लालीगुराँस नगरपालिका सोल्माकी सिर्जना तेयुङलाई सानैदेखि सीपमूलक काम सिक्ने इच्छा थियो।तर, उनको आर्थिक हैसियत कमजोर थियो।उनी विद्यालय जाँदा पनि पढाइभन्दा तस्बिर कोर्ने र विद्यालय छेउका घरमा महिलाले ढाका कपडा बुनेको हेर्थिन्।ढाकाको टोपी बुनिरहेका महिलालाई सीप सिकाइदिन भन्थिन् । २५ वर्ष अघिको उनको बाल्यवस्था यस्तो थियो।तर अहिले उनकोे अवस्था फेरिएको छ।आम्दानी अहिले मनग्गे छ।उनले म्याङलुङ बजारमा ढाका कपडा उद्योग सञ्चालनमा ल्याएकी छन्।सफल ढाका उद्यमीका रूपमा...

तोक सेवामा जागिर, मुठीमा गुठी : मन्त्रीलाई खोला, युवालाई खाडी !

यो हप्ता देशमा के–के मात्र भएन ! पुल उद्घाटन गरेर फर्किएका मन्त्री गाडीमा चढी चढी पुल नभएको खोलामा डुबे । यता देशमा रेल ल्याउन लागेका मन्त्री खोलामा डुबेको खबर आउँदा उता रेलको सपना देखाउने प्रधानमन्त्री लण्डनबाट पानी मुनि चल्ने रेल चढेर पनि ओभानै लुगामा पेरिस पुगेको खबर आयो । लोक सेवा आयोग तोक सेवाको पुरानै बाटोमा फर्कियो । प्राचीन गुठी मुठीमा पार्ने काम यसै साता सुरु भयो । स्कुल...

यार्सागुम्वा टिप्न ज्यानको बाजि लगाउदै आमाहरु कहाली लाग्दो तस्विर

दार्चुला,।काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरु । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ । यो दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने  स्थानीय बासिन्दाको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङघर्षपूर्ण यात्रा हो । अपि हिमाल गाउँपालिका–३ का २० वर्षीया तारा बोहरा दुधे बालकसहित यार्सा सङ्कलन गर्न लेकतिर जाँदै थिइन् । पिठ्युमा खाद्यान्न, लत्ताकपडा तथा छातीमा दुधेबालक छ । दुधेबालक सँगै लिएर जाने उनी एक्ली पात्र भने हैनन्...